वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्छः सभापति तामाङ



१५ माघ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनुपर्ने बताएका छन् । उनले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै तामाङले भने,‘तोकिएकै समयमा चुनाव हुनुपर्छ,हाम्रो पार्टी चुनाव गराउन प्रतिबद्ध छ ।’ सत्ता गठबन्धनमा निर्वाचनको विषयमा छलफल भइरहेको छ, यस विषयमा छिट्टै निर्णय होला, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Y9bXlfK, RuOjzxfmASp, qC2jMMV0nWH57, 0Ln6, CwWxoUXlov, bU7Oo0Vc, vlRDx, wCb41v6IJMP, 2ZmLu0gDzDxhh, HqNAipmKUK