अदालतबाट जेल सजाय सुनाएपछि फरार रामेछापका मगर ४ बर्षपछि पक्राउ



१८ माघ, काठमाडौं ।
जिल्ल अदालत ललितपुरले मुर्ति चोरीको मुद्दामा दुई बर्ष कैद सजाय सुनाएपछि फरार रहेका रामेछापका एक व्यक्तिलाई चार बर्षपछि पक्राउ गरेको छ । २०७४ वैशाख २५ ते जिल्ला अदालत ललितपुरले पुरात्वातिक मुर्ति चोरी मुद्धामा २ बर्ष कैद सजाय तोकिएका रामेछाप दोरम्बा शैलुङ गाउँपालिका –४ गौश्वार पासिवान घर भइ हाल ललितपुर बस्दै आएका ५५ बर्षका मान बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले हिजो ललितपुरको ईमाडोलबाट पक्राउ गरेर जिल्ला अदालत ललितपुरमा बुझाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्