रामेछापको उच्च क्षेत्रमा भारी हिमपात (फोटोफिचर)



२१ माघ, रामेछाप ।
अविरल बर्षासँगै हिमाली जिल्ला रामेछापको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका शैलुङ दोरम्बा गाउँपालिका लगायतको उच्च क्षेत्रमा भारी हिमपात भएको हो । जिल्लाको गोकुलगंगा गाउँपालिकामा भारी हिमपात हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ । गोकुलगंगाको चुचुरे, ठोसे, रस्नालुका साथै नामाडी र बेतालीको माथिल्लो भागमा समेत भारी हिमपात भएको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले जानकारी दिए ।

हिमालसँग जोडिएको उमाकुण्ड गाउँपालिकामा पनि हिमपात  भएको छ । गाउँपालिकाको गुम्देल, बाम्ती, कुभुकास्थली, गुप्तेश्व, प्रीति तथा भूजीमा समेत बाक्लो हिउँ परेको स्थानीय जितनारायण श्रेष्ठले बताए ।त्यसैगरी जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्