एमालेमा विवादः खगराज अधिकारीलाई कारवाही गर्न महेश बस्नेतको माग



१ फागुन, रामेछाप ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघभित्र विवाद बढिरहेको बेला एमालेका नेता महेश बस्नेतले संगठन विभागका प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । बस्नेतले युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अधिकारीलाई सामाजिक संजालमार्फत पदमुक्त गर्न माग गरेका हुन् ।

‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?’ उनले भनेका छन्, ‘संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’

संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बस्नेतको भनाई छ । उनले अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु, बस्नेतले भनेका छन् ।

यस्तो छ वस्नेतले पार्टीसँग राखेको ७ बुँदे माग

प्रतिक्रिया दिनुहोस्