एमाले रामेछापले दुई महिने चुनावी अभियान चलाउने, कुन स्थानीय तहमा कहिले ?



३ फागुन, रामेछाप ।
नेकपा एमाले रामेछापले आगामी वैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरेर दुई महिने चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेले जिल्लाको आठ वटै स्थानीय तहको ६४ वडामै निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

एमालेको जिल्ला कमिटीको बैठकले ‘म जिताउछु मेरो वडा हामी जिताउछौ हाम्रो पालिका’ भन्ने अभियानको साथ चुनावी अभियान सञ्चालन गर्न लागेको प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए । उनका अनुसार फागुन ११ गते लिखु तामाकोशी गाउपालिका, फागुन १२ गते मन्थली नगरपालिका, फागुन १३ गते दोरम्बा शैलुङ र खाँडादेवी गाउपालिका, फागुन १४ गते सुनापति, उमाकुण्ड गाउपालिका र रामेछाप नगरपालिका, फागुन १५ गते गोकुलगंगा गाउपालिकाका केन्द्रहरुमा नगर÷गाँउ पालिका विस्तारित बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्