म रामेछापवासीको सेवा गर्न आएको हुँः डिएसपी थिङ



५ फागुन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा आजबाट नयाँ डिएसपी राजकुमार थिङले जिम्मेवारी सम्हालेका छन् । डिएसपी नवराज ढुंगानाको सरुवा भएसँगै आजबाट डिएसपी थिङले जिम्मेवारी सम्हालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले प्रदेश १ को डिआइजी कार्यालयमा सरुवा भएका ढुंगानालाई विदाई र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजंगबाट सरुवा भएर आएका थिङलाई स्वागत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको नेतृत्व सहालेसँगै डिएसपी थिङले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । उनले रामेछाप न्युजसँग भने,‘म रामेछापवासीको सेवा गर्न आएको हुँ, नागरिकलाई सहज रुपमा सेवा सुविधा दिलाउनु मेरो पहिलो काम हो ।’

प्रतिक्रिया दिनुहोस्
5i5koka, o9HaQutfvnrZXuX, 8lSwUZAh1X, vvnphCdA, Md62eUgofxeU, ttvxJCH49E, CWImOAS8jOqkhB9, N9iHnBXG5ZzAUj, yPWOK3E, qjPerK9yWRS