प्रचण्डसँग कुरा नमिलेपछि ओलीलाई भेटन अचानक प्रधानमन्त्री देउवा वालकोटमा



५ माघ, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्नको लागि सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुग्नु भएको छ । भोली जसरी पनि संसदमा एमसीसी टेबल गराउने योजनासहित प्रधानमन्त्री देउवा एमालेको साथ खोज्नको लागि ओली निवास वालकोटमा पुगेका हुन् । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री देउवा श्रीमती आरजु राणासहित बालकोट पुगेका छन् । देउवा र ओलीको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्