प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका ८ कैदीलाई आममाफी, को–को छुटे ? (नामसहित)



७ फागुन, रामेछाप ।
सरकारले  कारागार कार्यालय रामेछापमा विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका आठ जना कैदीले आममाफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७२ औंं प्रजातन्त्र दिवसको अवसरमा कारागार रामेछापमा रहेका आठ कैदीलाई आममाफी दिनुभएको हो । जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला कारागार रामेछापको सिफारिस अनुसार गृह मन्त्रालयका प्रस्तावमा राष्ट्रपति भण्डारीले कैदीहरुलाई आममाफी दिनुभएको छ ।

आममाफी पाउने रामेछापका कैदी बन्दीहरुमा रेसुङ्ग–९ गुल्मीका मनु नेपाली, महेन्द्रझ्याडी–८ सिन्धुलीका बाबुलाल योञ्जन, तीनपाटन–१ सिन्धुलीका यायत्रा (बोगटी) सुवेदी, सालुदुधकुण्ड–११का  निङमार भन्ने मिङमार तामाङ, धनुषाधाम–५ धनुषाका श्रीराम वैनवार यादव, चौदण्डीगढी–१० उदयपुरका नविन कुमार चौधरी,सिङ्गपालकाभ्रे–९ सिन्धुपाल्चोकका सागर भन्ने फुर्वा तामाङ, दोरम्बा–३ रामेछापका उमेश थापा मगर रहेको जिल्ला कारागार रामेछापका एक कर्मचारीले रामेछाप न्युजलाई बताए । ती कर्मचारीका अनुसार आममाफी पाएका आठै जना कैदी आज नै रिहा भएका छन् ।


प्रजातन्त्र दिवसको अवसरमा यस बर्ष ५०१ जना कैदीबन्दीहरुको कैद सजाय माफी दिनुभएकाे छ  । सरकारले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गर माफी मिनाह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्