प्रचण्ड–नेपाल छोडेर देउवाको मन ओलीतिर



१० फागुन, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पारित गर्नको लागि तीब्र छलफल अगाडि बढाएका छन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णयसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग संवादलाई अगाडि बढाएका हुन् ।

मंगलावर साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए । ओली नेतृत्वको सरकारले नै अगाडि बढाएको एमसीसी सम्झौता आफूले अगाडि बढाएको स्मरण गराउदै देउवाले पास गरेर अगाडि बढनु पर्नेमा अवस्थामा आफू रहेको बताएका थिए ।

जवाफमा एमालेका अध्यक्ष ओलीले एमसीसी सम्झोताको विषयमा आफूहरुले उठाएको माग सम्बोधन गर्नुपर्ने जवाफ दिएका थिए ।
करिब दुई घण्टा लामो वार्तापछि एमालेका नेताहरु वालुवाटारबाट बाहिरिएका थिए । अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौ८ेल, उपमहासचिव विष्णु रिमाल लगायतको सहभागीता रहेको थियो । एमसीसीको विषयमा सत्ता गठबन्धनभित्र विवाद चर्किएपछि छ दिन अघि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेटन वालकोट जानुभएको थियो । वालकोटमा भेटवार्ता भएको छ दिनपछि अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेटन प्रधानमन्त्री निवास वालुवाटार गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्