चोरीको सामान विक्री गर्दागर्दै एक पक्राउ



११ फागुन, काठमाडौं ।
चोरीको सामानसहित एक युवक पक्राउ परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ सुकेधार बस्दै आएका  वल्ड लि‌कका कर्मचारी अर्जुन सुनुवारले  इन्टरनेट सम्बन्धी काम गरेकाे अवस्थामा तीन थान राउटरसहित निलाे ब्याग चाेरी भएकाे भन्न् सुचनाकाे अाधारमा प्रहरीले बुढानिलकण्ठ नगरपलिकाको गणेश चोकस्थित ह्याप्पी कोलोनीभित्र विक्री गर्दा गर्दैको अवस्थामा सिन्धुलीका युवराज तामाङलाई  प्रहरीले पक्राउ गरेको बताएको छ ।  प्रहरीका अनुसार मुलुकी अपराध संहिता ऐन,२०७४ को परिच्छेद (२०) अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट  थप भइ महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको छ ।

सच्याइएकोः भुलवश युवराज तामाङ हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याएको छ । सम्पादक

प्रतिक्रिया दिनुहोस्