आज एमसीसी पारित हुने, संसद बैठक बस्दै



१५ फागुन, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता आज संसदबाट पारित हुने हुने भएको छ । आज सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेकोहो । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले संशोधन विना एमसीसी पारित गर्न सकिदैन भन्ने अडान लिएपछि व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्न लागिएको हो । सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्