पेट्रोलियम पदार्थको मुल्य फेरि बढयो



२० फागुन, काठमाडौं ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।
सरकारले पछिल्लो समय छोटो छोटो समयमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दै आएको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्