देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा (फोटोफिचर)



२१ फागुन रामेछाप ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गरेका छन् । शैलुङ साहित्यिक सांस्कृतिक महोत्सवको कार्यक्रमको उदघाटन गर्न ओली पत्नी राधिका शाक्यसहित शैलुङ आएका हन् । शैलुङ क्षेत्रको अवलोकनपछि ओलीले शैलुङ क्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

उनले शैलुङ प्राकृतिक रुपमा निकै सुन्दर स्थल रहेको बताउदै ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकासमा ध्यान दिन आवश्यक रहेको बताए ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित महोत्सवको उदघाटन अघि स्थानीय कला संस्कृति झल्कने झाँकी लगायतको प्रस्तुती गरिएको थियो । महोत्सवका लागि शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाले आर्थिक र व्यवस्थापनको काम गरेका छन् । महोत्सवमा देशभरका साहित्यकार सहभागी भएका छन् ।

तस्विर : दावासाङ्बो शेर्पा

प्रतिक्रिया दिनुहोस्