शैलुङको पर्यटन विकासमा सबै मिलेर लाग्नु पर्छः अध्यक्ष मोक्तान



२१ फागनु, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ क्षेत्रको विकास गर्न एकीकृत योजना बनाएर अगाडि बढनु पर्ने बताएका छन् । उनले शैलुङ रामेछाप र दोलखाको साझा थलो भएकाले साझा अवधारणा बनाएर विकास गर्नुपर्ने बताएका हुन् । शैलुङ साहित्यिक महोत्सवको उदघाटनलाई स्वागत गर्दै अध्यक्ष मोक्तानले नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको शैलुङको विकासमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

उनले भने,‘शैलुङमा एमालेका अध्यक्ष केपी ओलीलाई स्वागत छ, आगामी दिनमा प्रचण्ड र शेरबहादुर देउवासहितका शीर्ष नेताहरु पनि आउने अपेक्षा गरेका छौं ।’ दोरम्बा गाउँपालिकाबाट दोरम्बा शैलुङ गाउँपालिका नाम राख्न पाउदा आफूहरु खुसी रहेको बताउदै तीन वटा गाउँपालिका मिलेर शैलुङ क्षेत्रको वृहत्त विकासको योजना अगाडि बढाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्