रामेछाप नगरपालिकाको टोलटोलमा चुनावी अभियान चलाउदै एमाले (फोटोफिचर)



२१ फागनु, रामेछाप ।
नेकपा एमाले जिल्ला कमिटी रामेछापले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर चुनावी अभियान सञ्चालन गरिएको छ । चुनावी अभियान अन्तगर्तत रामेछाप नगर कमिटीले पनि टोलटोलमा अभियान सञ्चालन गरेको हो । नगरपालिकाभित्र रहेका नौ वटै वडामा चुनावी कार्यक्रम अघि बढाएको एमालेले वडा नम्बर पाँच बाहेक अन्य वडामा पहिलो चरणको चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनले नौ वटा वडा अन्तर्गत हालसम्म ५४ वटा टोल कमिटी गठन गरेको बताए । उनका अनुसार गठित टोल कमिटीसँग अब दोस्रो चरणको अभियान तत्काल अगाडि बढाइने बताए । विगतमा सात सय साधारण सदस्य रहेको पार्टीको अहिले एक हजार साधारण सदस्य पुर्याइएको बताउदै अध्यक्ष पाख्रिनले विगतको चुनावमा भन्दा अहिले पार्टीको अवस्थामा राम्रो सुधार आएको बताए ।

प्रतिक्रिया दिनुहोस्