रामेछापमा ट्याक्टर दुर्घटनाः चालक तामाकोसीमा वेपत्ता, सहचालक घाइते



२२ फागनु, रामेछाप ।
रामेछापमा ट्याक्टर दुर्घटना हुँदा चालक तामाकोसी नदीमा खसेर वेपत्ता भएका छन् । आज दिउसो मन्थली नगरपालिका–७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा मन्थलीबाट.भटौलीतर्फ जादै गरेको ज.१.त.८३१८ नं.को खाली ट्याक्टर दुर्घटना हुँदा चालक चालक सरोज माझी वेपत्ता भएका हुन् । टयाक्टर सडकबाट एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटना हुँनासाथ प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । दुर्घटनामा परी सह–चालक खाँडादेवी गाउँपालिका–४ रजगाउँका १९ बर्षिय रमेश माझीलाई जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङले सह चालक माझीको उद्धारा गरेर अहिले प मन्थली अस्पतालमा उपचार भइरहेको र चालक वेपत्ता रहेकाले खोजी कार्य भइरहेको बताए । मन्थली नगरपालिका–२ करमबोट बस्ने बर्ष २२ को सरोज माझीको अहिले प्रहरी शसस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्