रामेछापको तामाकाेसी नदीमा र्‍याफ्टिङ सरर…. (फोटोफिचर)



२२ फागनु, रामेछाप ।
रामेछाप जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यसहित तामाकोसी नदीमा र्‍याफ्टिङ सेवा सञ्चालनमा ल्याएको छ । हल्देदेखि सरमुकाम मन्थलीसम्म र्‍याफ्टिङ सेवा सञ्चालमा आएको हो । विगतमा सञ्चालनमा आएर बन्द भएको सेवा पुनः सुरु गरिएको छ । शनिवारबाट दैनिक रुपमा र्‍याफ्टिङ सेवा सुरु भएको र्याफटिङ व्यवसायी निराजन रायमाझीले  रामेछाप न्युजलाइ बताए ।

उनका अनुसार तत्कालको लागि हल्दे बेसीदेखि मन्थलीका आकाशेसम्म र्‍याफ्टिङ सेवा सञ्चालन हुनेछ । हाल दैनिक रुपमा दुई वटा बोट मार्फत सेवा सञ्चालन हुँदै आएको छ । एक पटकमा दुइ व६ा बाेटमा १८ जना सम्म सवार गर्न सकिने र्‍याफ्टिङमा  एक जना बराबार एक हजार रुपैयाँ शुल्क राखिएको छ । नेपाल रिभर रनर र सेन्ड फ्लाइ टुर्स एण्ड ट्राभलले संयुक्त रुपमा सेवा सुरु गरेका हुन् ।हल्देदेखि मन्थलीको आकाशेसम्म र्‍याफ्टिङ गर्न डेढ घण्टाको समय लाग्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्