माओवादीको ९७ केन्द्रीय सदस्यमा रामेछापबाट गौतमको नाम पनि प्रस्तावित



२३ फागनु, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि रहेका छन् ।

यसैगरी प्रस्ताविक केन्द्रीय सदस्य मध्ये रामेछापकी नेतृ सुनिता गौतमको पनि प्रस्ताव गरिएको छ । गौतम हाल माओवादी केन्द्र प्रदेश खको इन्चार्जको जिम्मेवारीमा रहेकी छिन् । गौतमको नाम अनुमोदन भएको अवस्थामा रामेछापबाट केन्द्रीय सदस्य हुनेको संख्या चार पुग्नेछ । यसअघि श्याम कुमार श्रेष्ठ, युवराज चौलागाई र लक्ष्मी गुरुङ केन्द्रीय सदस्य भइसकेका छन् ।
माओवादी केन्द्रले गतपुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्