म केन्द्रीय सदस्य भएको छैनः मोक्तान



२४ फागुन, काठमाडौं ।
नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानलाई सामाजिक सञ्जालमा केन्द्रीय सदस्य भएकोमा बधाई दिनेको होड चलेको छ । आधिकारिक निर्णय विना नै पार्टीका कार्यकर्ता र शुभचिन्ताकहरुले सोमवारबाटै बधाई दिन सुरु गरेका थिए ।

मंगलवार बिहानबाटै मोक्तानलाई केन्द्रीय सदस्य भएकोमा बधाई दिदै सामाजिक सञ्जालमका फोटा पोष्ट भइरहेका छन् । तर पार्टीले मोक्तानलाई केन्द्रीय सदस्य बनाउने निर्णय नै गरेको छैन् । सोमवार प्रचण्डले केन्द्रीय सदस्यमा प्रस्ताव गरेको ९७ जना सदस्यमा पनि उनको नाम प्रस्ताव गरिएको थिएन । माओवादीकी नेतृ सुनिता गौतमलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरिए पनि बैठकबाट उक्त प्रस्ताव पारित भएको छैन् । आगामी जेठ २० गते बस्ने केन्द्रीय समितिको बैठकले उक्त प्रस्तावको बारेमा निर्णय गर्ने भएको छ ।
जिल्ला संयोजक मोक्तानले आफूलाई पार्टीले अहिले केन्द्रीय सदस्य नबनाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आधिकारिक निर्णय बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्