दोरम्बा शैलुङ गाउँपालिकाको गाउँगाउँमा जनचेतना जगाउदै न्यायिक समिति (फोटोफिचर)



२४ फागनु, रामेछाप ।
गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना बढाउनको लागि गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले जनचेननामूलक कार्यक्रम सञ्चालन गरेको हो । आदिइत्यादिको जनचेतनामुलक नाटक मिलापत्र ७ ठाउँमा सम्पन्न भएको छ ।

दोरम्बा शैलुङ गाउपालिकाको न्यायिक समितिको आयोजानामा उक्त नाटक प्रस्तुत गरिरहेको कार्यक्रम संयोजक उदय रजान मगरले जानकारी दिए । सामाजिक घटनामा आधारित रहेको यो नाटक मार्फत दोरम्बा शैलुङ गाउँपालिकाबासी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत उपस्थित जनसमुदायले खुलेर मनोरञ्जनको साथ सामाजिक चेतनाकोको अभिबृद्दी गराउने बिश्वास लिएको नाटक लेखक तथा निर्देशक पुरु लम्सालले बताए ।
दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक कृशला घिसिङले गाउँपालिकाभित्र रहेका विद्यमान सामाजिक विकृतिका घटनालाई हटाउन नाटक मार्फत अभियान सञ्चालन गरिएको बताए

। गाउँ घरमा ब्याप्त रहेको बाल बिवाह, मदिरा सेवन , झैझगडा जस्ता समाजमा हुने बिकृतिलाई न्यूनीकरण गर्नुको साथै स्थानीय सरकार, न्यायिक समिति र वडा मेलमिलाप समितिको काम कार्बाही र कर्तव्यको बारेमा थप सुचित गराउने उदेश्य राखी नाटक प्रदर्शन गरिएको उनले बताइन ।
कार्यक्रम संयोजक मगरका अुनसार कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर, काकलिङ माबि दोरम्बा ,सेती देवी मावि गुन्साल, भिमश्वर मावि थापागाउँ,खारपानी मावि खारपानी, शिवलिङ्गेस्वार मावि ताम्चेत, सुर्के धौराली मावि सुर्के र सञ्जिवनी आधारभूत विधालय पात्लेमा नाटक प्रदर्शनको काम सम्पन्न भएको छ ।
गाउँपालिका भरीको प्रत्येक माविमा सन्चालन हुने उक्त चेतनामूलक नाटक कार्यक्रम फागुन २५ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्