सुनापति गाउँपालिकामा फरक ढंगले मनाइयो नारी दिवस (फोटोफिचर)



२४ फागुन, रामेछाप ।
सुनापति गाउँपालिकामा फरक ढंगले नारी दिवस मनाइएको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसमा आयोजित कार्यक्रममा सहभागी पुरुषहरु पनि सहभागी भएका थिए । गाउँपालिकाको केन्द्र हिलदेवीमा आयोजित कार्यक्रमलाई गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा जनचेतानामूलक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि सहभागी महिलाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेका थिए । र्यालीमा सहभागी पुरुषले महिला हिंसा अन्त्य गर्न महिला पुरुष एकजुटौ होऔ लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्