एमाले रामेछापका नेता झम्क कँडेल एकीकृत समाजवादी प्रवेश



२५ फागनु, रामेछाप ।
नेकपा एमाले रामेछापका नेता झम्क कडेल एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेको गत जिल्ला अधिवेशनमा  जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका कँडेले एमाले छोडेर एकीकृत समाजवादीका प्रवेश गरेका हुन् । ३१ बर्ष एमालेको सक्रिय राजनीति गरेका उनी एमालेको पूर्व जिल्ला उपसचिव भएर समेत काम गरेका थिए ।

पार्टीमा बुझाएको राजिनामा लामो समयसम्म स्वीकृत नभएपछि आफूले पार्टीमा उठाएको माग सम्बोधन नभएको भन्दै एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय लिएको बताए ।
यसैबीच एकीकृत समाजवादीले कँडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । बुधवार बसेको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा कँडेल केन्द्रीय सदस्यको हैसियतमा बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्