रामेछाप–काठमाडौंं सम्पर्क मञ्चको नयाँ अध्यक्षमा श्रेष्ठ निर्वाचित



२६ फागुन, काठमाडौं ।
नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राकेश श्रेष्ठ निर्वाचित भएका छन् । मञ्चको ११ औं सम्मेलनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्मेलन सुरु भएको चार दिनपछि अध्यक्षसहित अन्य पदाधिकारी पनि सहमतिमा टुंगो लगाएको छ ।मञ्चको उपाध्यक्षमा दिवस कार्की, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, सचिवमा प्रमोद भण्डारी, उपसचिवद्वयमा जीवनराज खत्री र अम्बिका बोहोरा र कोषाध्यक्षमा दिलबहादुर श्रेष्ठ चयन भएका छन् । अध्यक्ष श्रेष्ठका अनुसार सम्पर्क मञ्चक ५३ सदस्यीय बनेको छ । रामेछापबाट काठमाडौंमा बसोबास गर्दै आएका एमालेका नेता कार्यकर्ताहरु सम्पर्क मञ्च मार्फत जोडिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्