रामेछापमा कांग्रेसले एक महिने चुनावी अभियान चलाउने, अभियान हाँक्न नेता काफ्ले आउँदै



२६ फागुन, रामेछाप ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फागुन २९ गतेदेखि नेपाली कांग्रेस रामेछापले आठ वटै स्थानीय तहमा एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिििनधिलाई खटाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार रामेछापमा केन्द्रीय प्रतिनिधिकोको रुपमा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिएको छ ।

अब काफ्लेको नेतथृत्वमा रामेछापको आठ वटै स्थानीय तहको टोली समितिसम्म चुनावी अभियान सञ्चालन हुनेछ । रामेछाप जिल्लाको चुनावी अभियानको जिम्मेवारी पाएका नेता काफ्लले शुक्रवार रामेछाप आएर कार्यक्रम तय गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘चुनावी केन्द्रीत कार्यक्रम जिल्लामा एक महिना चल्नेछ,जिल्लामा पार्टीको अवस्था र निर्वाचनको रणनीति तयार गर्न अभियान केन्द्रीत हुनेछ ।’

गत २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकाको नगरप्रमुख र उपप्रमुख, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । त्यतिबेलाको चुनावमा जिल्लाको ६४ वटा वडा मध्ये १२ वटा वडामा वडा अध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्