रामेछापबाट एमालेका पाँच जना बागमती प्रदेश कमिटीमा चयन



२६ फागुन, काठमाडौं ।
नेकपा एमाले रामेछापबाट थप पाँच जना बागमती प्रदेश कमिटीमा चयन भएका छन् । आज बसेको बैठकले रामेछापबाट थप पाँच जनालाई प्रदेश कमिटी सदस्यमा चयन गरेको हो ।

प्रदेश कमिटी सदस्य चयन हुनेहरुमा गोकलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, धु्रव कार्की, भुवन घिमिरे र गोपाल श्रेष्ठ रहेका छन् । कार्की र श्रेष्ठ मन्थली नगरपालिकाबाट र घिमिरे सुनापति गाउँपालिकाका हुन । यसअघि रामेछापबाट बागमती प्रदेश कमिटीमा २९ जना सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्