रामेछापमा भोलीबाट कांग्रेस घरघरमा जाने, तोकिए आठ संयोजक को कहाँ ?



२८ फागुन, रामेछाप ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस रामेछापले भोलीबाट रामेछापको आठ वटै स्थानीय तहमा एक महिने चुनावी अभियान सुरु गर्ने भएको छ । भोलीबाट केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको नेतृत्वमा औपचारिक कार्यक्रम सुरु गर्न लागेको हो । चैत्र ९ बाट सुरु हुन लागेको अभियान चैत्र २१ गते सम्म चल्ने कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले जानकारी दिएब् । अभियान अन्तर्गत कांग्रेसले सबै स्थानीय निकायकाहरुमा पुगेर आगामी ३० गते हुन लागेको स्थानीय निर्वाचन लक्षित रणनीतिक योजना तय गर्नेछ ।
कांग्रेसले घर घरमा पुगेर मतदाताहरुको धारणा बुझने,पार्टीले गतिविधिहरु बुझाउने,कार्यकर्तालाई प्रशिक्षित गर्नेछ । केन्द्रीय सदस्य काफ्लले पार्टीको निर्देशन अनुसार रामेछापमा स्थानीय तहको निर्वाचनमा पार्टीलाई जित हासिल गराउने गरी अभियान सञ्चालन गरिने बताए । कांग्रेसले अभियानलाई प्रभाबकारी बनाउन आठ वटै स्थानीय तहमा पदाधिकारीहरुको संयोजकत्वमा टोली पठाउने निर्णय समेत गरेको छ ।

रामेछापमा घर घर जाऔ– नेपाली काँग्रेसलाई जिताऔ अभियानका लागि रामेछाप नगरपालिकाको संयोजकमा उप–सभापति लेखबहादुर कार्की र मन्थली नगरपालिकाका लागि सचिव बिनोद कार्की, खाँडादेवी गाउँपालिका संयोजकमा उप सभापति नबराज थोकर, गोकुलगंगा गाँउपालिकाको संयोजकमा सचिवमा दिपक खड्का, सुनापति गाउँपालिकाको संयोजकमा सह–सचिब धु्रव चौलागाई, लिखु तामाकोशी गाँउपालिकाको संयोजकमा सह–सचिब कमल योन्जन, दोरम्बा शैलुङ गाउँपालिकाको संयोजकमा कोषाध्यक्ष लबबहादुर थापामगर र उमाकुण्ड गाउँपालिकाका लागि प्रबक्ता नारायण बहादुर बोगटीलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्