एकीकृत समाजवादी दोरम्बा शैलुङ गाउँ कमिटीको अध्यक्षमा तामाङ, यी हुन पदाधिकारी (नामसहित)



२८ फागुन, रामेछाप ।
नेकपा एकीकृत समाजवादीले दोरम्बा शैलुङ गाउँ कमिटी गठन गरेको छ । आज सम्पन्न भेलाले ओम विक्रम तामाङको अध्यक्षमा पदाधिकारी र सदस्यहरु चयन गरेको हो ।
एकीकृत समाजवादीका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज होम बुझाथोकी, केन्द्रीय सदस्य झम्क कँडेल लगायतका नेताहरुको सभागीतमा सहभागी भेलाले सर्वसम्मत रुपमा कमिटी चयन गरेको छ ।

उपाध्यक्षद्धयमा कार्साङ लामा, र बासु कँडेल, सचिवमा सुरोज मोक्तान तामाङ, सह–सचिवमा प्रेम बहादुर थापा, सदस्यहरुमा तिलक कुमार तामाङ,रविन लामा, राम सुन्दर घिसिङ,विर्वल मोक्तान, भिष्म थापा मगर, खुपेन्द्र ढुङ्गेल, प्रसन्न विश्वकर्मा,इसान विश्वकर्मा, विपिन महते, ह्याङल्याङ थामी, फूलमाला तामाङ, भोजराज थापा मगर,जित कुमारी खड्का, दुर्गा घिसिङ तामाङ, विकास गोले लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्