रामेछापमा श्रृखलाबद्ध चोरीको घटना बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन



२८ फागुन, रामेछाप ।
रामेछाप जिल्लाभित्र श्रृखलाबद्ध रूपमा चोरीका घटना बढा नागरिकमा त्रास फैलिएको छ । केही दिनयता जिल्लाका विभिन्न स्थानमा श्रंखलाबद्ध रूपमा चोरी घटना बढेपछि जिल्ला प्रहरी कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर सीमा नाकामा सुरक्षा सर्तका बढाएको हो । प्रहरीले नाका नाकामा चेक जाँचलाई कडाई गरेको छ ।

चोरीको घटना बढेपछि अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङ नै फिल्डमा खटिएका छन् । रातको समयमा सडक आसपासको क्षेत्रमा श्रंखलाबद्ध रूपमा चोरीको घटना बढेसँगै स्थानीयहरू पनि समुहबद्ध भएर चोरीमा संलग्नको खोजीमा जुटन सुरु गरेका छन् ।

दुई दिनकै अवधिमा जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकामा गरी झन्डै दुई दर्जन भन्दा बढी स्थानमा चोरी गरेर लाखाैका धनमाल लगिएको छ । मन्थली नगरपालिकाका । गोकुलगंगा गाउँपालिकामा गरी १३ स्थानमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार मुख्य सडक आसपासका पसल, सहकारी संस्था तथा व्यक्तिका घरहरुमा चोरीको घटना केन्द्रीत छ । प्रहरीका अनुसार चोरहरुले पन्जा तथा मास्क प्रयोग गरेकाले पत्ता लगाउन कठिन भएको छ ।

डिएसपी थिङले चोरीका घटनामा संलग्नहरूको खोजी कार्यलाई तीव्रता दिएको बताए । प्रहरीले योजनाबद्ध रूपमा चोरीमा एउटै समूहको हात हुन सक्ने अनुमान गरेको छ । विगतमा पनि मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिका विभिन्न ठाउँमा चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले लामो समयको अनुसन्धानपछि पक्राउ गरेको थियो ।

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिएको छ । डिएसपी थिङले रामेछाप न्युजसँगै भने,‘श्रंखलाबद्ध चोरीको घटनामा संलग्नलाई पक्राउ गर्ने प्रहरी परिचालन गरिएको छ, आशा छ, हामी छिट्टै चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल हुनेछौँ । प्रहरीले सेले घाट नाका, साँघुटार नाका लगायतको ठाउँमा सुरक्षा निगरानी बढाएको छ ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले विगतमाझै अहिले पनि श्रंखलाबद्ध चोरीको घटना बढा आफूहरू चिन्तित रहेको बताए । उनले भने,‘स्थानीयवासी पनि सचेत हुनुपर्छ, प्रहरीले पनि चोरीमा संलग्नलाई छिटो भन्दा छिटो पक्राउ गर्न ध्यान दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्