रामेछाप कांग्रेसकाे घर घर जाऔ एक महिने अभियान आजबाट सुरु (फोटोफिचर)



२९ फागुन, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर नेपाली कांग्रेस रामेछापले आजबाट एक महिने घर–घर जाऔ अभियान सुरु  गरेको छ । अभियानको केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच उदघाटन गरेका हुन् । कार्यक्रम उदघाटन गर्नुअघि कांग्रेसले मन्थलीमा र्याली समेत निकालेको थियो । अभियानको सुरुवात गर्दै नेता काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धतासहित अभियानमा जुटन कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, सचिव दिपक खड्का, निवर्तमान कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । काग्रेसले यसअघि रामेछापको आठ वटै स्थानीय तहको अभियान संयोजक समेत तोकिसकेको छ । निर्माण व्यवसायी महासंघको निर्वाचन भएको कारण पार्टीका सभापति पूर्णबहादुर तामाङ कान्छाराम भने आजको अभियान शुभारम्भ कार्यक्रममा सहभागी थिएनन ।

 

प्रतिक्रिया दिनुहोस्