एमाले दोरम्बा शैलुङ गाउँ कमिटीका इन्चार्ज कँडेल नै एकीकृत समाजवादीमा प्रवेश (फोटोफिचर)



३ चैत्र, काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं दोरम्बा शैलुङ गाउँकमिटीका इन्चार्ज कुमार कँडेल नै पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कँडलेका नेतृत्वमा आधा दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा आयोजित एक कार्यक्रमको बीच अध्यक्ष नेपालले एमालेका नेता कार्यकर्तालाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

साविकको टोकरपुर गाविसमा एमालेको तर्फबाट गाविस उपाध्यक्षसमेत निर्वाचित भएका कँडेलले आफू २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेको र त्यही समयदेखि एमालेमा सकृय रहेको बताउँदै दोरम्बा शैलुङ गाउँपालिका तथा जिल्ला कमिटी चयनका सिलसिलामा संगठनमा आफ्नो भूमिकाको मूल्यांकन नगरिएकाले पार्टी त्याग्नु परेको बताएका छन् ।

३२ वर्षे लामो यात्रामा एमाले र माओवादी केन्द्रको एकतापश्चात हजारौं कार्यकर्ताले देखेको सपनालाई तत्कालीन नेकपाको सरकारले चकनाचुर पारेको बताउदै एकीकृत समाजवादीलाई बलियो पार्टी बनाउन लागि पर्ने बताए । आफू पहिलेदेखि नै १० बुँदे पक्षधर भएको र अहिले सहनै नसकेपछि विद्रोह गर्नुपरेको प्रक्रिया दिए ।नेता कँडेलसहित प्रेस चौतारी रामेछापका नेता सौजन्यप्रसााद सत्याल लगाएतका नेता तथा कार्यकर्ता पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एक साता अघि मात्र एमालेबाट विद्रोह गरेर एमाले रामेछापका नेता झम्क कँडेल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । झम्क कँडेलको नेतृत्वमा अहिले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रम बढेको छ । एमालेको जिल्ला कमिटीको बैठले अन्य स्थानीय तहमा जिल्लाका पदाधिकारीले नै संयोजक गर्ने निर्णय गरेपनि दोरम्बा शैलुङ गाउँ कमिटीको इन्चार्जमा भने कुमार कँडेललाई जिम्मेवारी दिएको थियो ।

कुमार कँडेल गाउँ कमिटीमा सांगठानिक रुपमा बलियो पक्कट राख्दै आएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी रामेछापका इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य झम्क कँडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्