रामेछापमा ७८५ जनाको लागि रोजगारीको अवसर



४ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा ७८५ जनाको लागि रोजगारी खुल्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापबाट ७८५ जना म्यादी प्रहरीको छनोट हुने भएको हो । प्रहरी प्रधान कार्यालयको सूचना अनुसार जिल्ला प्रहरी रामेछापले म्यादी प्रहरी छनोट गर्नेछ । प्रहरीले चैत्र ६ देखि ८ गते आवेदन माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछापबाट ७८५ जना म्यादी प्रहरीको छनोट गरिने रामेछाप न्युजलाई बताए । प्रहरी प्रधान कार्यालयका निर्देशन अुनसार आवेदन लिएर चैत्र १३ गतेबाट भर्ना छनोट गरेर २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गरिने रामेछाप न्युजलाई बताए ।

म्यादी प्रहरीले ४३ हजार ४४० रुपैयाँ एकमुष्ट तलब भक्ता पाउने छन् । म्यादी प्रहरीमा रामेछापवासीको लागि पहिलो प्राथमिकता पाउने छन् । म्यादी प्रहरीमा १८ बर्षदेखि ५४ बर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यस्ताे छ सूचना 

प्रतिक्रिया दिनुहोस्