स्थानीय तहको निर्वाचनः वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता



४ चैत, काठमाडौंं ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोक्ने निर्णय गरेको छ । एकै दिन उम्मेदवारी दर्ता गर्नको लागि समय अभाव हुन सक्ने भन्दै दुई दिन समय दिने निर्णय गरेको हो । आयोगको शुक्रबार बसेको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ ।

१४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । आयोगका अनुसार १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्