रामेछापमा बनेको देशकै ठूलो सबस्टेसनको प्रधानमन्त्री देउवाद्धारा उदघाटन (फोटोफिचर)



५ चैत, रामेछाप ।
रामेछाप जिल्लामा निर्माण भएको देशकै ठूलो सबस्टेसनको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका स्थित फुलासीमा निर्माण भएको न्यू खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न मिल्ने सबस्टेसनको प्रधानमन्त्री देउवाले आज उदघाटन गरेका हुन् ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के.भीं डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४।२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४०० २२० १३२ केभी सबस्टेसनमा लगिएको छ ।

ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व-पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।नयाँ खिम्ती सबस्टेसनबाट ४६ कि।मि। लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामो साँघूस्थित १३२ के.भी. सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे रहेका छन् । साथै, सबस्टेसनमा २२०र१३२ के.भी. ३३।३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरू जडान गरिएको छ ।करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको बताए ।

घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे ।रूपैयाँ ६।९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्