रामेछापको नामाडीमा आगलागी हुँदा गुरुङको घर क्षणभरमै खरानी



५ चैत, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका– ५ नामाडी स्थित भित्तरीमा आज साँझ आगलागी हुँदा पूर्ण मायाको गुरुङको घर जलेर नष्ट भएको छ । आगलागीबाट घर नष्ट भएपनि कुनै पनि मानविय क्षति नभएको नामाडीका वडा अध्यक्ष बलराम खड्काले रामेछाप न्युजलाई बताए । उनका अनुसार घरका कोही नभएकोले कुनै मानवीय क्षति नभएको भएतापनि घरमा भएका सबै सामग्री लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन् । स्थानीयवासी, र प्रहरीको सक्रियतामा करिब दुई घण्टा आगो नियन्त्रणमा लिन सफल भएको खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्