तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु (फोटोफिचर)



५ चैत, रामेछाप ।
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीमा आजकाट प्रतियोगीता सुरु भएको हो । प्रतियोगिताको बागमती प्देशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उदघाटन गरेकी हुन् । प्रतियोगता चैत्र ८ गतेसम्म चल्नेछ ।

उदघाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाई, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ, माओवादी केन्द्र सुनापति गाउँ कमिटीका संयोजक पेमा लामा, माओवादी दोरम्बा शैलुङ गाउँकमिटीका अध्यक्ष हिरा श्रेष्ठ, नेकपा एकीकृत समाजवादी रामेछापका सचिव लालसिंह घिसिङ, सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

सुनापति गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका पुरुष भलिबल तथा ब्याडमिन्टन प्रतियोगितको आयोजना गरेको हो । सुनापति खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिसिमरेले प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार रहेको बताए ।

उनका अनुसार प्रथम पुरस्कार दुई लाख रुपैयाँ रहेको छ। द्वितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ छ। साथमा ट्रफी मेडल र प्रमाणपत्र पनि प्रदान गरिने घिमिरेले बताए। यसैगरी सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले समेत जनही पाँच हजार नगदका साथ ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्