आउने चुनावमा दोहोरिने चाहना छैनः धावा लामा



६ चैत, रामेछाप ।
सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी निर्वाचनमा पुनः अध्यक्षमा दोहोरिने चाहना नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित लामाले दोस्रो कार्यालयको लागि उम्मेदवारी नदिने बताएका हुन् ।
उनले रामेछाप न्युजसँग भने,‘मेरो दोहोरिने चाहना छैन, पार्टीले के निर्णय गर्छ हेर्न बाँकी छ ।’ माओवादी केन्द्र सुनापति गाउँ कमिटीले चुनावी अभियानसहित उम्मेदवारको टुंगो लगाउने विषयमा यही चैत ९ गते गाउँ कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्