खाली खुट्टा रामेछापमा संगठन निर्माण गर्दै नेता पौडेल



६ चैत, रामेछाप ।
नेकपा एमालेको नेता एवं बागमती प्रदेशका सांसद शान्ति पौडेल खाली खुट्टा नै संगठन निर्माणको काममा जुटेका छन् । गोकुलगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा पौडेल खाली खुट्टा नै देखिएका हुन् । गाउँपालिकाको वडा नम्बर ५ नामाडीमा आयोजित वडा बैठकलाई उनले खाली खुट्टा नै उभिएर सम्बोधन गरेका थिए ।

एमाले रामेछापका पूर्व अध्यक्ष समेत रहेका पौडेल हाल एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका छन् । पाटीमा लामो समय योगदान गरेपनि गत महाधिवेशनमा पौडेलको नाम केन्द्रीय सदस्यमा अटाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्