एमाले रामेछापको इन्चार्जमा शान्ति पौडेल, सह–इन्चार्जमा कडरिया र कार्की



९ चैत, काठमाडौं ।
नेकपा एमालेको जिल्ला ईन्चार्जमा शान्ति पौडेल चयन भएका छन् । एमाले बागमती प्रदेश कमिटीले प्रदेश अन्तर्गत हेर्ने गरी प्रदेश कमिटीका सदस्य पौडेललाई जिल्ला ईन्चाज बनाएको हो । यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य कैलाश ढुगेललाई जिल्ला ईन्चाजको जिम्मेवारी दिएको थियो ।

अब रामेछापमा एमालेका संघ र प्रदेश हेर्ने गरी दुई ईन्चार्ज हुने भएका छन् । विगतमा एक जना मात्र जिल्ला ईन्चार्ज हुने प्रावधानलाई परिमार्जन गर्दै एमालेले संघ र प्रदेश हेर्ने गरी जिल्लामा दुई ईन्चार्जको व्यवस्था गरेको छ ।


बागमती प्रदेश कमिटीले रामेछापको ईन्चार्जसँगै प्रदेशका दुवै निर्वाचन क्षेत्रका इन्चार्ज, सह–इन्चार्ज र आठ वटै स्थानीय तहमा सहजकर्ताको समेत जिम्मेवारी बाँडफाँड गरेको छ । बागमती प्रदेश अन्तर्गत रामेछापको इन्चार्जमा पौडेल, सह इन्चार्जद्धयमा भोजराज कडरिया र माया कार्कीलाई चयन गरेको छ ।
रामेछाप प्रदेश ‘क’ को इन्चार्जमा कुमार कार्की, सह इन्चार्जद्धयमा कमल कडरिया र बुद्धी कार्की, प्रदेश ‘ख’ को इन्चार्जमा तुलाप्रसाद कँडेल र सह इन्चार्जद्धयमा रामकृष्ण लामा र कृष्णहरि अधिकारीलाई जिम्मेवारी दिएको छ । आगामी स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहको समन्वय गर्ने गरी सहकर्ताको व्यवस्था गर्दैै जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

मन्थली नगरपालिकामा लव श्रेष्ठ, गोपाल श्रेष्ठ, रामेछाप नगरपालिकामा शान्ति प्रसाद पौडेल, उमाकुण्ड गाउँपालिकामा चित्रबहादुर कार्की, खाँडादेवी गाउँपालिकामा प्रेम बहादुर तामाङ, गोकुलगंगा गाउँपालिकामा खड्ग बहादुर सुनुवार, दोरम्बा शैलुङ्ग गाउँपालिकामा टंक चौलगाई, लिखु तामाकोसी गाउँपालिकामा उद्धब प्रसाद कडरिया र दीपशिखा दाहाल, सुनापति गाउँपालिकामका पान्देन लामा र भुवन घिमिरेलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्