रामेछापमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड



९ चैत, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु भएको छ । जस अन्तर्गत रामेछाप जिल्लामा पनि भर्नाको लागि आवेदन लिने क्रम जारी रहेको छ ।
आइतवारबाट म्यादी प्रहरीमा भर्ना हुनको लागि रामेछापका झण्डै ६ सय भन्दा बढीले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले तोकिएको मापदण्ड अनुसार आवेदन खुला गरेसँगै जिल्लाका आठ वटै स्थानीय तहबाट आवेदन दिन सदरमुकाम मन्थली आएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमवार ५८८ जनाले म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिएका छन् । चैत १२ गतेसम्म आवेदन दिने समयसीमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमुख राजकुमार थिङले आवेदन मध्ये जिल्लाबाट ७ सय ८४ जना म्यादी प्रहरीको लागि छनोट गरिने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्