माओवादी रामेछापका नेता शेर्पा एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत



९ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्र रामेछापका नेता नाम्गेल शेर्पा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार एमाले प्रवेश गरेका हुन् । विद्यार्थी राजनीति नेकपा एमालेबाटै गरेका रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसकेका नेता हुन् ।

उनी एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा थिए । शेर्पासँगै कांग्रेसका नेता गोविन्द लामा पनि एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।बुधवार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्