कांग्रेस नेतृ भट्टराई जीपी फाउण्डेसनद्धारा सम्मानित



९ चैत, रामेछाप ।
नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति एवं प्रजातान्त्रिक आन्दोलनकी यौद्धा गणेशकुमारी भट्टराई सम्मानित भएकी छिन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा कांग्रेस रामेछापका सचिव एवं फाउण्डेसनका जिल्ला अध्यक्ष दीपक खड्कासहितको टोलीले घरमै पुगेर सम्मान गरेका हुन् । कांग्रेसका नेताहरु मन्थली स्थिति भट्टराईको घरमा पुगेर सम्मान पत्र प्रदान गरेका छन् ।

लामो समयसम्म नेपाल महिला संघ र नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील भट्टराई उमेरको कारण शारीरिक रूपमा अशक्त अवस्थामा रहेकी छिन् । २०६२÷०६३ को जनआन्दोलनमा समेत क्रियाशील भएर लागेकी भट्टराईको सम्मान स्वरुप घरमै पुगेर सम्मान गरिएको सचिव खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्