रामेछापमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बुढा पक्राउ



१० चैत, रामेछाप ।
रामेछापमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक ३२ बर्षिय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दैलेख चामुण्डा गाउँपालिका–४ का रुकुम बढालाई प्रहरीले पक्राउ गरेको हो ।

दैलेख घर भइ हाल मन्थली नगरपालिका–१ वस्दै आएका बुढाले चिया खान जाँउ भनि बाख्रा फर्ममा लगेर जबरजस्ती करणी गरेको पीडित प्रहरी समक्ष उजुरी दिएकी छिन् । उनले जबरजस्तीकरणी गरेपछि कसैलाई भनेमा ज्यान नै मारिदिने धम्की दिएको पीडित पहिलाले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले पीडितले दिएको उजुरीको आधारमा आरोपी बुढालाई मन्थलीको भैशेश्वरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्