रामेछापका डिएसपी थिङको ‘एक्सन’ एकै पटक फरार ६ जना पक्राउ



९ चैत, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापको नेतृत्व सम्हाले लगत्तै डिएसपी राजकुमार थिङ ‘एक्सन’मा उत्रिएका छन् । लामो समयदेखि फरार रहेका पाँच जनालाई एकै पटक पक्राउ गर्न सफल भएका हुन् । रामेछापको डिएसपी भएर आएसँगै फरार रहेकाहरुको खोजीलाई उनले पहिलो प्राथमिकता दिएका छन् । जिल्लाभित्र कुनै पनि गलत क्रियाकलाप हुन नदिन सक्रिय रहदै आएका थिङले मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिका लगायतमा ठाउँमा चोरीको घटना बढेपछि आफै फिल्डमा खटिएका छन् । प्रहरीको सक्रियताको कारण श्रंखताबद्ध चोरीको पछिल्लो घटना घटन सकेको छैन् ।

अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मेवारीलाई पहिलो प्राथमिता दिएका उनले विभिन्न मिति कसुर गरी फरार रहेका रामेछाप घर भएका पाँच व्यक्तिलाई काठमाडौंबाट एक साथ पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई आज जिल्ला अदालत रामेछापमा पेश गरिएको छ । विशेष सूचनाको आधारमा रामेछाप, काठमाडौ र भक्तपुरबाट पाँच जनालाई पक्राउ गरिएको डिएसपी थिङले जानकारी दिए ।
यी हुन पक्राउ पर्ने पाँच जनाः
१. नामथरः प्रकास सुनुवार
ठेगानाः जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ नामाडी
मुद्दाः बैंकिङ कसुर
फैसला मितिः २०७७/०३/१९ गते
दण्ड जरिवानाः चार दिन कैद र रु.३,००,०००।–जरिवाना
पक्राउ मितिः २०७८/१/÷०६ गते (एक वर्षपछि)
पक्राउ स्थानः जिल्ला रामेछाप मन्थली

२. नामथरः रामहरी खत्री,
ठेगानाःजिल्ला रामेछाप, रामेछाप न.पा.वडा नं. ८ डुम्रेखर्क
मुद्दाः नकबजनी चोरी
फैसला मितिः २०६८ साल
दण्ड जरिवानाः एकमहिना पन्ध्रदिन कैद र रु.३८,७३७।५० जरिवाना
पक्राउ मितिः २०७८/१२/०८ गते (१० वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ, कोटेश्वर

३. नामथरः श्री बहादुर मगर
ठेगानाःजिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. २ पासिवन
मुद्दाः मूर्ति चोरी
फैसला मितिः२०६२/०१/२२ गते
दण्ड जरिवानाः छ दिन कैदरु.१,३३,३३३।३३ जरिवाना
पक्राउमितिः २०७८/१२/०८ गते(१६ वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ स्वयम्भु

४. नामथरः दामोदर काफ्ले
ठेगानाः जिल्ला रामेछाप मन्थली न.पा.४ सालु
मुद्दाःबैंकिङ कसुर
फैसला मितिः २०७६/०८/२५ गते
दण्ड जरिवानाः पन्ध्र दिन कैद र रु.११,२५,०००। जरिवाना
पक्राउ मितिः २०७८/१२/०८ गते (दुई वर्षपछि)
पक्राउ स्थानःकाठमाण्डौ गोठ्ठाटार

५. नामथरः च्याङ्बाभन्ने रोज बहादुर थिङ
ठेगानाः जिल्ला रामेछाप सुनापती गा.पा.३ हिलेदेवी
मुद्दाः सरकारी कागजात दस्तखत किर्ते
फैसला मितिः मिति २०७३/०९/१९ गते
दण्ड जरिवानाः एक वर्ष कैद र रु.५०जरिवाना
पक्राउ मितिः २०७८/१२/०८ गते (पाँच वर्षपछि)
पक्राउ स्थानः जिल्ला रामेछाप सुनापति

६. नामथरः गाण्डिव काफ्ले
ठेगानाः जिल्ला रामेछाप मन्थलीन.पा. ४ सालु
मुद्दाः बैंकिङ कसुर
फैसला मितिः २०७६/०६/०५ गते
दण्ड जरिवानाः रु.३१७१८००।–जरिवाना
पक्राउ मितिः २०७८/१२/०८ गते (तीन वर्षपछि)
पक्राउ स्थानः काभ्रे, बनेपा

प्रतिक्रिया दिनुहोस्