रामेछापमा बम पडाकाएर माछा मार्ने क्रममा एक घाइते, तीन जना पक्राउ



१० चैत्र, रामेछाप ।
रामेछापको लिखु खोलामा बम हानेर माछा मार्ने क्रममा एक जना घाइते भएका छन् । माछा मार्ने क्रममा बमको छर्रा लागेर घाइते भएका रामेछाप नगरपालिका वडा नम्बर ४ का टक बहादुर श्रेष्ठलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । उनको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बम लागेर उनको बायाँ हाततको तीन वटा औला अनुहार र घाँटीमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले बम हानेर माछा पार्ने अन्य तीन जनालाई भने पक्राउ गरेको छ । आज बिहान धारापानी बसेरी स्थित लिखु खोलामा विष्फोटक पदार्थ पडाएर माछा मार्ने घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपषलिका वडा नम्बर ५ का ३० बर्षिय लामा, सिन्धुली भद्रकाली गाउँपालिका २९ बर्षिय निल लामा र कमलामाई नगरपालिकाकै ५२ बर्षिय राम बहादुर बिक रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्