स्थानीय चुनावका लागि रामेछापमा माओवादीले छान्यो उम्मेदवार



१० चैत, रामेछाप ।
नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाच्नको लागि सर्वसम्मत रुपमा उम्मदवारको टुंगो लगाएको छ । पार्टीले यही चैत १५ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै दोरम्बा गाउँ कमिटीले भने गाउँपालिका वडा नम्बर ४ गौश्वाराका पार्टीको तर्फबाट उम्मेदवार बन्ने वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाएको हो ।

आज बसेको वडा समितिको बैठकले सर्वसम्मत रुपमा वडामा उम्मेदवार टुंग्याएको माओवादी केन्द्र दोरम्बा सैलुङ गाउँपालिकाका इन्चार्ज एवं गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए । माओवादीले वडा अध्यक्षको लागि रेतु मगर, सदस्यहरुमा विक्रम मगर, हरि मगर, दलित महिला सदस्य निर्मला बिक सर्वसम्मत चयन गरेको छ । एक महिला सदस्य भने छनोट हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्