लिखु तामाकोसीका अध्यक्ष खड्कालाई कांग्रेसमा भित्र्याउन कान्छारामले थाले काम



१० चैत, रामेछाप ।
रामेछाप लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई नेपाली कांग्रेसमा भित्र्याउने काम अघि बढेको छ । एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले साधारण सदस्य समेत नहरने गरी कारवाही गरेको थियो । उक्त कारवाही एमालेले अहिले पनि कायमै राखेको छ । एमालेकै जनप्रतिनिधिहरुबीचको विवादको कारण खड्कालाई कारवाही भएकाे थियो ।

एमालेले कारवाही फुकुवा नगरेको अवस्था कायमै रहेको बेला कांग्रेसले पार्टीभित्र भित्र्याएर गाउँपालिकाको उम्मेदवार बनाउने तयारी गरेको छ ।नेपाली कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले गोविन्द खड्कालाई कांग्रेसमा प्रवेश गराउने विषयमा लिखु तामाकोसी गाउँ समितिसँग सुझाव माग गरेका छन् ।

वडा समितिसहितको सुझाव लिएर कान्छारामले गोविन्द खड्कालाई छिट्टै पार्टी प्रवेश गराउने गृहकार्य गरेका छन् । सभापति तामाङ र गाउँपालिका अध्यक्ष खड्काबीच भएको वार्ता सफल भएसँगै पार्टी प्रवेश गराउने औपचारिक प्रक्रिया सुरु भएको छ । लिखुतामाकोसीबाट खडका्ले पुनः कांग्रेसबाट टिकट पाउने सम्भावना प्रवल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्