म्यादी प्रहरी बन्न रामेछापमा १ हजार ६७५ जनाले दिए आवेदन



१२ चैत, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट गरिने भएपनि जिल्ला प्रहरी कार्यालय रामेछापमा पाँच अवधिमा १ हजार ६७५ जनाले आवेदन दिएका हुन् । प्रहरीले आवेदन परेको मध्येबाट अब प्रहरी प्रधान कार्यालयबाट तोकिएको ७८४ जनाको छनोट गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले माग भन्दा दोब्बर बढीको संख्यामा आवेदन परेको बताए । उनका अनुसार आवेदनबाट आवश्यक संख्या छनोट गरिनेछ । म्यादी प्रहरी बन्नका लागि १ हजार ३०६ जना पुरुष र ३६९ जना महिला आवेदन दिएका छन् । प्रहरीले १३ गतेबाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर २८ गतेबाट तालिम सुरु गर्नेछ । म्यादी प्रहरीले चालिस दिन खटिए बापत ४३ हजार ४४० रुपैयाँ एकमुष्ट तलब भक्ता पाउने छन् । रामेछापमा तालिम गरिएका म्यादी प्रहरीलाई अन्य जिल्लामा खटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्