रामेछापमा भिषण आगलागीः ११ घर जल्यो, करोडौको क्षति (फोटोफिचर)



१२ चैत, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर स्थित रजयछापमा आज आगलागी हुँदा ११ घर जलर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करौडोको क्षति भएको छ । बिनोद श्रेष्ठ को घरमा अचानक करेन्ट सट भई आगलागी हुँदा नजिकै रहेका अन्य १० वटा घर र ११ गोठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


आगलागी भएको खबर प्राप्त हुनासाथ स्थानीय, नयाँ गोरख गणबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलको सहयोिगमा आगलागी नियन्त्रणमा आएको थियो । लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

यी हुन आगलागीबाट क्षति भएका घरहरुः
रामेछाप नगरपालिका ७ रजयछाप बस्ने बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट भएको।
हिमलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
एकलाल श्रेष्ठ को ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
दलबहादुर मगर को ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
धन बहादुर श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
तेज बहादुर श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
चिरन्जिबि श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
ठेग बहादुर मगरको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
ईश्वरलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
धन बहादुर मगरको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
शंकर श्रेष्ठ ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।

प्रतिक्रिया दिनुहोस्