स्थानीय चुनावमा रामेछापमा एक लाख ७८ हजार ८६७ मतदाता कायम, कुन स्थानीय तहमा कति ?



१३ चैत, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ लाख ७८ हजार ८६७ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आज स्थानीय तहमा मतदान गर्ने मतदाताको सूची प्रकाशित गरेको हो । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले स्थानीय तहको लागि जिल्लाको आठ वटै स्थानीय तहमा मतदाताको संख्या कायम भएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार उमाकुण्ड गाउँपालिकामा १६ हजार २४६ जना, खाँडादेवी गाउँपालिकामा २२ हजार ४००, गोकुलगंगा गाउँपाकिलामा १८ हजार ५२१, दोरम्बा शैलुङ गाउँपाकिलामा २० हजार ९३४, मन्थली नगरपालिकामा ३७ हजार २२०, रामेछाप नगरपालिकामा २४ हजार ९३१, लिखु तामाकोसी गाउँपालिकामा २० हजार १००, सुनापति गाउँपाकिलामा १८ हजार ५१६ मतदाता कायम रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्