स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाता कायम, कुन स्थानीय तहमा कति (सूचीसहित)



१३ चैत, काठमाडौं ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने बताएको छ । आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गर्दै ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहने बताएको हो । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
निर्वाचन
आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।उनका अनुसार पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्